शुक्लाफाँटा नगरपालिकाबाट ६४ दीर्घरोगीलाई मासिक उपचार खर्च सहयोग

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई मासिक उपचार खर्च उपलब्ध गराएको छ। नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई मासिक रु ५,००० का दरले सहयोग गरिएको हो।

CP Hospital Dhangadhi

शाखा प्रमुखका अनुसार उपचार खर्च पाउनेमध्ये ३९ जना क्यान्सर, २१ जना डायलाइसिस, तीन जना मेरुदण्ड पक्षघात र एक जना मिर्गौला प्रत्यारोपण गरेका बिरामी छन्। दीर्घरोगीहरूको औषधि उपचार दीर्घकालीन र खर्चिलो हुने भएकाले शून्य मौज्दातमा खोलिएको बैङ्क खातामार्फत मासिक रकम जम्मा गरिँदै आएको छ।

Attariya Hospital

उपचार खर्च त्रैमासिक रूपमा महिनाको अन्तिम दिन बैङ्क खातामा जम्मा गरिन्छ। तर, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट पेन्सन वा निवृत्तिभरण प्राप्त गरिरहेका व्यक्तिहरूले भने यो सुविधा पाउँदैनन्।

nawajiwan

कार्यविधिअनुसार उपचार खर्च पाउन राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रतिलिपि, नाबालक भए जन्मदर्ता प्रमाणपत्र, चिकित्सकको सिफारिससहित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ। वडाबाट सिफारिस प्राप्त भएपछि मात्र उपचार खर्च उपलब्ध गराइन्छ।

Advertize US