
नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा युवा नेता हेमन्त राज जोशी (बाजे)ले आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा नगरपालिका–६ स्थित दुई विद्यालयका ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।

कैलाली भिजन स्कुलका १५ जना र जुपिटर एकेडेमी नेपालका १५ जना गरी ३० जना विद्यार्थीलाई कापी, कलम र झोला प्रदान गरिएको हो।
बाजेले जन्मदिनमा हुने फजुल खर्चलाई सेवामा रूपान्तरण गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताए। उनले शिक्षा मानव जीवनको ज्योति भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षासँग जोड्न सहयोग गर्ने उद्देश्य रहेको स्पष्ट पारे।


शैक्षिक सामग्री वितरण कार्यक्रममा हेमा श्री फाउन्डेसन नेपालकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, जुपिटर एकेडेमी नेपालका प्रधानाध्यापक मनिराम धामी, सहायक प्रधानाध्यापक महेश्वरी जोशी, कैलाली भिजन स्कुलका संस्थापक पूर्ण बम, अमर माध्यमिक विद्यालय अध्यक्ष दानबहादुर कुँवर, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक धामीले शिक्षा क्षेत्रको उन्नतिका लागि युवा नेता बाजेले पुर्याएको योगदान समाज र समुदायले सदैव सम्झनुपर्ने बताए। उनले यस्ता खालका सहयोगले बालबालिकामा शिक्षा प्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे।


















