धनगढीमा पत्रकारहरुलाई अनलाइन मल्टिमिडिया प्रशिक्षण सुरु

Image
Nisarga Hospital

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सहयोगमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आतिथ्यमा पत्रकार महासंघ कैलाली शाखाको सहयोगमा दुई दिने अनलाइन मल्टिमिडिया प्रशिक्षण सुरु गरेको छ।

oplus_131074

CP Hospital Dhangadhi

नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाले धनगढीस्थित प्रशिक्षण स्थलमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै डिजिटल युगमा गुणस्तरीय पत्रकारिताको आवश्यकता रेखाङ्कित गरे।

oplus_131074

Attariya Hospital

तालिममा कार्यक्रममा शुभकामना दिँदै गर्दा प्रमुख अतिथि मियाले भने : “मिडियाकर्मीहरूले प्राविधिक सिप नवीकरण गर्नुपर्छ। सूचनाको अधिकार कार्यान्वयनमा अनलाइन माध्यमको भूमिका अहम् छ। यस प्रशिक्षणले सुदूरपश्चिमका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नेछ। प्रदेश सरकारले सूचना पहुँचमा सहयोग जारी राख्नेछ।”

nawajiwan

oplus_131074

कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा ले स्वागतमा डिजिटल साक्षरतालाई समयको माग बताए भने प्रदेश समितिका महासचिव शिवराज भट्ट ले सञ्चालन गरे। प्रशिक्षक विकास कार्की को नेतृत्वमा १७ र १८ जेठमा सञ्चारकर्मीहरूलाई अनलाइन समाचार प्रविधि, मल्टिमिडिया सामग्री निर्माण र सोसियल मिडिया व्यवस्थापन सिकाइनेछ। यसले प्रदेशभरि डिजिटल पत्रकारिता गुणस्तर सुधार्ने अपेक्षा गरिएको छ।