प्रेस युनियन बाजुराले गर्यो अस्पतालमा उपचाररत विरामीलाई फलफूल बितरण

Image
Nisarga Hospital

बाजुराः लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल बितरण गरिएको छ ।

CP Hospital Dhangadhi

युनियन स्थापनाको दिवसको अवसरमा प्रेस युनियन जिल्ला शाखा बाजुराले जिल्ला अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो।जेठ १३ देखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा दिवसमा मनाउने केन्द्रीय सर्कुलर अनुरुप फलफूल वितरण गरिएको प्रेस युनियन बाजुरामा सचिव राम वहादुर विकले बताए ।

शनिवार बिहान आयोजित कार्यक्रममा युनियन बाजुराका अध्यक्ष सङ्गीता तिमिल्सेना,सचिव राम वहादुर विक,पत्रकार महासंघ बझाङ बाजुराका शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डित,विभिन्न राजाितिक दलका प्रमुख एवम् प्रतिनिधि,जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेका थिए ।

nawajiwan

फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन बाजुराकी अध्यक्ष सङ्गिता तिमिल्सेनाले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले गर्दै आएको बताएकी हुन्।‘पत्रकारको पेशागत सुरक्षा र हकहितका लागि प्रेस युनियन क्रियाशील छ,’उनले भनिन्,‘पेशागत मर्यादा कायम गर्दै पत्रकारको व्यवसायिक सुरक्षा र अधिकारको क्षेत्रमा युनियनले काम गर्छ ।’

Attariya Hospital

युनियनमा रहेका हरेक पत्रकारले निष्पक्ष र निडर भएर पत्रकारित गर्दै आएको फलफूल वितरण कार्यक्रम बोल्दै पत्रकार महासंघ बझाङ बाजुराका शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितले बताए । देशको सार्वभौम र अखण्डतालाई सर्वोपरि ठानेर पत्रकार र पत्रकारितालाई जोगाई राख्न युनियनले खेलेको भूमिकाको सर्वत्र सम्मान हुँदै आएको पण्डित बताए । देशको शिर ठाडो पार्न र सरकारको हरेक गल्तीमा सचेत गराउँदै युनियन अगाडी बढेको उहाँले बताउनुभयो ।

अस्पतालमा उपचाररत २५ जना बढि बिरामीलाई फलफूल वितरण गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले जनाएको छ । युनियनको स्थापना दिवसको अवसरमा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको युनियन बाजुराले जनाएको छ ।

फलफुल वितरण कार्यक्रममा प्रेस युनियन बाजुराकी अध्यक्ष सङ्गीता तिमिल्सेना,सचिव राम वहादुर विक, पत्रकार महासंघ बझाङ बाजुराका शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डित,पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह,प्रेस युनियन पुर्व अध्यक्ष तथा पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौले,कोषाध्यक्ष उमेश शाही,अस्पताल बाजुराका सुचना अधिकारी नृप राज गिरी,नेविसंघ बाजुराका अध्यक्ष जनक थापा,बडीमालिका ८ का पुर्व वडा अध्यक्ष प्रकाश रावल,नेपाली काङ्ग्रेस वडीमालिका ८ का सभापति वीर वहादुर थापा,नेकपा एमाले जिल्ला कमिटी सदस्य सरिता नेपाली ,प्रेस सेन्टर बाजुराकी सचिव सोधा नेपाली,प्रेस चौतारी बाजुरामा सचिव सुशील रोकाया,युनियन बाजुरामा साधारण सदस्य तथा व्यापारी जयराज उपाध्याय,लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेसागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सबलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।