अत्तरियामा मन्दिर परिसरमा बाल उद्यानको उद्घाटन, मेयर भट्टलाई १५ किलोको फूलमालाले स्वागत

Image
Nisarga Hospital

अत्तरिया: कैलाली जिल्लाको अत्तरिया (गोदावरी नगरपालिका-१, पृथ्वीनगरटोल) स्थित शिव मन्दिरको प्राङ्गणमा एक नयाँ बाल उद्यानको स्थापना भएको छ। गत शनिवार आयोजित एक कार्यक्रममा नगरप्रमुख वीरेन्द्र भट्टले उक्त उद्यानको उद्घाटन गरे।

CP Hospital Dhangadhi

उद्घाटन अवसरमा नगरप्रमुख भट्टले यस उद्यानले मन्दिर परिसरको सौन्दर्यवर्धन गर्ने तथा बालबालिकाहरूलाई यहाँ खेल्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनले यस क्षेत्रमा अवैध जग्गा अतिक्रमणको सम्भावना रहेको पनि उल्लेख गर्दै मन्दिर परिसरभित्रै नगरपालिकाले पोखरी निर्माण गर्ने योजना पनि बताए।

nawajiwan

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टको अनुसार यो बाल उद्यान प्रदेश सरकारको पाँच लाख रुपैयाँ बजेटमा निर्माण भएको हो। पार्क र मन्दिरको घेराबारका लागि अतिरिक्त ७५ हजार रुपैयाँ छुट्ट्याइएको थियो। उद्यान निर्माणमा नगरपालिकाले ३४ टिप्पर ग्राभेल र फिल्ड सम्म्याउन प्रदान गरी सहयोग पुर्याएको उनले जानकारी दिए।

Attariya Hospital

उद्घाटन कार्यक्रमसँगै सञ्चालित मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभाले नगरप्रमुख वीरेन्द्र भट्टलाई विशेष सम्मान गरेको थियो। मन्दिर र बाल उद्यान निर्माणमा उनले गरेको सहयोगको कदर स्वरूप समितिले भट्टलाई १५ किलोग्रामको फूलको मालाले सम्मानित गरेको थियो।

सम्बन्धित पोष्ट

गोदावरीका नगरप्रमुख भट्टलाई १५ किलोको मालाले सम्मान
अत्तरियामा मन्दिर परिसरमा बाल उद्यानको उद्घाटन, मेयर भट्टलाई १५ किलोको फूलमालाले स्वागत

Advertize US