भान्छा बदलेर स्वस्थ हुने उपाय बारे दुर्गालक्ष्मीमा प्रशिक्षण

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण गरिएको छ । शनिवार विद्यालयको आयोजनामा प्राकृतिक जीवनशैलीमा आधारित भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण गरिएको हो ।पंजगब्य सिद्ध लीला श्रेष्ठले प्रशिक्षण दिएकी हुन् ।

CP Hospital Dhangadhi

उनले भान्छा बदल्न सकेमा सबै स्वास्थ्य समस्याबाट मुक्त पाउन सकिने बताइन् । सोच स्वस्थ राख्ने सकेमा शरिरलाई पनि सजिलै स्वस्थ राख्न सकिने बताइन् । “आफू स्वस्थ छु भन्ने सोच राख्न सक्नु भयो शरिर आफै स्वस्थ रहन्छ” उनले भनिन् । श्रेष्ठ विभिन्न स्थानमा प्राकृतिक जीवनशैलीमा आधारित भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण दिँदै आएकी छिन् । प्रशिक्षण कार्यक्रममा विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।

Attariya Hospital

यस्तै, दुर्गालक्ष्मी नमुना माविले डीएलएस टक पोडकाष्ट सो “डिएलएस टक” सार्वजनिक गरेको छ । विद्यालयले शनिवार एक कार्यक्रममा बिच गेटा अस्पतालका निर्देशक प्रमोद यादव र पंजगब्य सिद्ध लीला श्रेष्ठले डीएलएस टक पोडकाष्ट सो “डिएलएस टक” सार्वजनिकरण गरेका हुन् ।

nawajiwan

‘भ्वाइस अफ दुर्गालक्ष्मी’ स्लोगन राखिएको यस पोडकाष्टमा विभिन्न व्यक्तिहरू सँग कुराकानी गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन् ।