२०८४ को महाकुम्भ अगावै अत्तरिया-गोदावरी सडक ४ लेनमा विस्तार गरिने – नगरप्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले धार्मिक, पर्यटकीय र पूर्वाधार विकासलाई समेट्दै अत्तरिया–गोदावरी सडकलाई ४ लेनमा विस्तार गर्ने योजना अघि सारेको छ। नगर प्रमुख वीरेन्द्र भट्टले शनिबार गोदावरी–१ पृथ्वीनगरटोलमा बाल उद्यान उद्घाटन समारोहमा बोल्दै २०८४ सालसम्ममा गोदावरीधामसम्मको मुख्य सडक चौडा बनाउने स्पष्ट योजना सुनाए।

CP Hospital Dhangadhi

उनका अनुसार, सो वर्ष गोदावरीमा हुने महाकुम्भ मेलालाई मध्यनजर गर्दै सडक विस्तारको काम प्राथमिकतामा राखिएको हो। “महाकुम्भमा देश–विदेशबाट लाखौं श्रद्धालु आगमन हुने अपेक्षा गरिएको छ,” मेयर भट्टले बताए, “त्यसैले पूर्वाधार समयमै तयार पार्नु जरुरी छ।” हाल गोदावरी सडकमा नाली निर्माणको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

nawajiwan

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा गोदावरीलाई विकास गर्ने उद्देश्यसहित नगरपालिकाले पूर्वाधार विस्तारमा सक्रियता देखाएको हो। ४ लेन सडक निर्माणले यातायात सहज बनाउनुका साथै आर्थिक तथा पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

यस्तै, मेयर भट्टले गड्डाचौकी–अत्तरिया सडकको काम अत्तरियाबाट सुरु हुनुपर्नेमा जोड दिएका छन्। सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि उनले प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायर र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग छलफल गरेका थिए। “गड्डाचौकीबाट मात्र काम थाल्दा ढिलो हुन्छ,” उनले भने, “त्यसैले अत्तरियाबाट पनि काम सुरु होस् भन्ने प्रस्ताव अघि सारेका छौं।”

गड्डाचौकी–अत्तरिया सडकको काम अत्तरियाबाट पनि सुरु गर्नुपर्छ 

Attariya Hospital

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गड्डाचौकी–अत्तरिया सडक विस्तारको काम अत्तरियाबाट पनि सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार सङ्घीय सरकारले सो सडकको स्तरोन्नतिको लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिसकेको छ। “सडक विस्तारका लागि केन्द्र सरकारबाट बजेट छुट्टिएको खबर पाउनासाथ मैले प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायर र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग संवाद गरी धन्यवाद व्यक्त गरेँ,” मेयर भट्टले बताए।

तर काम केवल गड्डाचौकीबाट सुरु गरिएको खण्डमा अत्तरिया र गोदावरीसम्म विस्तार पुग्न तीनदेखि चार वर्ष लाग्न सक्ने भन्दै उनले अत्तरियाबाट पनि समानान्तर रूपमा काम थाल्नुपर्नेमा जोड दिए। “त्यसैले मैले आग्रह गरेको छु कि काम अत्तरियाबाट पनि एकैसाथ सुरु गरियोस्,” उनले स्पष्ट पारे।

सडक पूर्वाधारको समयमै विस्तार भएमा क्षेत्रीय विकास, आवागमन सुविधा र धार्मिक–पर्यटकीय गन्तव्यको पहुँचमा उल्लेखनीय सुधार आउने विश्वास नगरपालिकाले लिएको छ।

सम्बन्धित पोष्ट

गोदावरीका नगरप्रमुख भट्टलाई १५ किलोको मालाले सम्मान
अत्तरियामा मन्दिर परिसरमा बाल उद्यानको उद्घाटन, मेयर भट्टलाई १५ किलोको फूलमालाले स्वागत