अत्तरियामा १८ लाख बराबरको अवैध कपडा बरामद, एक जना पक्राउ

Image
Nisarga Hospital

कैलालीको अत्तरियाबाट अवैध रुपमा ल्याउँदै गरिएको ठूलो परिमाणको कपडा बरामद गरिएको छ।

CP Hospital Dhangadhi

शनिबार महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुपप्र–०२००१ ख १३४५ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले नौ कट्टा बराबरको अवैध कपडा फेला पारेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बैतडीको पुचौडी नगरपालिका–१ हाट निवासी नवीन कुँवर पक्राउ परेका छन्।

Attariya Hospital

पक्राउ परेका कुँवरले ल्याएको ११४० मिटर कोट–पाइन्ट बनाउने कपडाको अनुमानित बजार मूल्य करिब १८ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। कपडाको कुनै कानुनी कागजात नभेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

nawajiwan

पक्राउ परेका व्यक्तिसहित बरामद कपडा आवश्यक अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाउने तयारी गरिएको प्रहरीको भनाइ छ। अवैध व्यापार नियन्त्रण गर्नका लागि प्रहरीले नियमित निगरानी बढाएको जनाएको छ।