अपाङ्गता प्रति सम्मानको प्रतिबद्धता : गोदावरी–१० मा म्याट्रेस वितरण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

गोदावरी नगरपालिका–१० मा अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान, सेवा र समर्पणको दृष्टिकोणले एक उदाहरणीय कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

जेठ १७ गते वडाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका स्थानीयहरूलाई म्याट्रेस वितरण गरियो। कार्यक्रमको अध्यक्षता अपाङ्गता समिति अध्यक्ष रमेश ताम्राकारले गरेका थिए भने, वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’ प्रमुख अतिथिका रूपमा सहभागी थिए। वडाका सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूमाझ आत्मीय वातावरण झल्किएको थियो।

nawajiwan

कार्यक्रममा वडाध्यक्ष शाहीले अपाङ्गता भएका नागरिकहरूको सम्मानजनक जीवन सुनिश्चित गर्नु वडाको प्राथमिकता रहेको बताए। उनले भने, “हाम्रो वडामा बसोबास गर्ने प्रत्येक व्यक्तिको जीवन सहज, सुरक्षित र गरिमामय बनोस् भन्ने हाम्रो लक्ष्य हो। हामी अपाङ्गता भएका नागरिकका हक–अधिकार र सेवामा निरन्तर सक्रिय रहनेछौं।”

Attariya Hospital

वडाबाट वितरण गरिएको म्याट्रेस केवल सुविधा मात्र नभई आत्मसम्मानको प्रतीकका रूपमा बुझिएको छ। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति वडाको समर्पण र सामाजिक उत्तरदायित्वलाई प्रस्ट पार्दछ।

यस अभियानले वडाध्यक्ष शाहीलाई सामाजिक समावेशिताको उदाहरणीय अगुवाका रूपमा थप सशक्त बनाएको छ।

Advertize US