गोदावरी–१० मा निःशुल्क आँखा शिविर सम्पन्न, ४६० जनाले लिए सेवा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१० मा आयोजित निःशुल्क आँखा शिविर शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ४६० जनाले सेवा लिएका छन्।

CP Hospital Dhangadhi


कार्यक्रम वडा अध्यक्ष रवीन्द्र शाही गुड्डुको प्रमुख आतिथ्यतामा र समितिका अध्यक्ष रमेश ताम्राकारको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष शाहीले अपाङ्गता भएका नागरिकहरूको हक–अधिकार सुनिश्चित गर्नु वडाको प्राथमिकता भएको उल्लेख गरे।
 

शिविर गोदावरी–१० स्थित श्री जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको शिविरमा आँखाको सामान्य परीक्षण, औषधोपचार तथा मोतिविन्दुको पहिचान गरिएको थियो। मोतिविन्दु देखिएका बिरामीलाई गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।

nawajiwan

शिविरको सफलताका लागि गोदावरी–१०, ११, १२ र ३ का स्थानीयहरूलाई टोलटोलबाट ल्याउन सवारीको व्यवस्था गरिएको थियो। प्रत्येक बिरामीसँग एक जना अभिभावक अनिवार्य रूपमा उपस्थित गराइएको थियो।

Attariya Hospital

शिविरको आयोजना गोदावरी नगरपालिका वडा नं. १० ले गरेको हो भने प्राविधिक सेवा गेटा आँखा अस्पतालले प्रदान गरेको हो। वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ को नेतृत्वमा सम्पन्न कार्यक्रमले स्थानीयवासीहरूबाट व्यापक प्रशंसा पाएको छ।

शाहीले आफ्नो फेसबुकमार्फत आँखासम्बन्धी समस्या भएका नागरिकहरूलाई समयमै शिविरमा सहभागी भएर सेवा लिन आग्रह गरेका थिए। यस प्रकारका शिविरले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीयहरूले बताएका छन्।

Advertize US