
अत्तरिया: कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) नसार्न माग गर्दै आएको संघर्ष समितिले आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिको शनीबार बसेको वैठकले आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्ने निर्णय गरेको समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताएका छन् ।

डीडीसी धनगढी सार्ने सम्झौता रद्द नभएसम्म कार्यालयमा गरिएको तालाबन्दी यथावत राख्ने निर्णय भएको पाण्डेले बताएका छन् ।





























