संघर्ष समितिले डीडीसीका केन्द्रिय प्रतिनिधिसंग छलफल गर्ने

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा अवस्थित दुग्ध विकास संस्थान (डीडीसी) नसार्न माग गर्दै आएको संघर्ष समितिले डीडीसीका केन्द्रिय प्रतिनिधिसँग छिट्टै औपचारिक छलफल गर्ने भएको छ।

CP Hospital Dhangadhi

आइतबार संघर्ष समितिका प्रतिनिधिहरूले कैलालीका प्रमुख जिल्ला अधिकारीसँग भेट गरेका थिए। भेटका क्रममा प्रमुख जिल्ला अधिकारीले डीडीसीका अध्यक्ष बेद बहादुर क्षेत्रीसँग फोनमार्फत कुराकानी गरी दुवै पक्षलाई छलफलमा बस्न आग्रह गरेका हुन्।

Attariya Hospital

संघर्ष समितिका सह–संयोजक धर्मसिंह कुँवरले छलफलको मिति पछि तोकिने जानकारी दिएका छन्। समितिले अत्तरियास्थित डीडीसी कार्यालय कुनै हालतमा अन्यत्र सार्न नहुने अडान राख्दै आएको छ।

nawajiwan

स्थानीय सरोकारवालाहरूले पनि डीडीसी सार्ने विषयमा चासो व्यक्त गरेका छन्। अब हुने छलफलले यस विषयमा समाधानको बाटो खोल्ने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ