धनगढीमा विषादीले भरिएका आँप फालिँदै : खाद्य सुरक्षामा प्रश्न, २२६० किलो नष्ट

Image
Nisarga Hospital

धनगढीस्थित सहिद गेट कृषि उपज थोक बजारमा विषादीको अत्यधिक अवशेष भेटिएको २ हजार २६० किलोग्राम आँप आइतबार नष्ट गरिएको छ। जय श्री मा जानकी स्टोरमा राखिएको उक्त आँप भारतबाट आयात गरिएको थियो।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लका अनुसार, अखाद्य घोषित गरिएका आँपमा विषादीको मात्रा मान्य सीमाभन्दा धेरै भएकाले तत्काल नष्ट गरिएको हो।

आइतबार धनगढीका विभिन्न बजार र मण्डीहरूबाट संकलन गरिएका १५ वटा फलफूल तथा तरकारीका नमुनामध्ये आँपमा अत्यधिक विषादी पाइयो।

nawajiwan
Attariya Hospital

धनगढी उपमहानगरको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन, प्रहरी र पत्रकार महासंघको संयुक्त अनुगमनमा नमुना परीक्षण गरिएको हो।

अन्य फलफूल र तरकारीमा विषादी सामान्य मात्रामा भेटिए पनि आँप खपतका लागि पूर्णतः अयोग्य ठहर भएको हो।

# ट्रेण्डिङ