राष्ट्रिय प्रतियोगिता नजिकिँदा सुदूरपश्चिमका खेलाडी अन्योलमा, प्रदेश सरकारले अझै तयारी सुरु गरेन

Image
Nisarga Hospital

१५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २८–३० गते काठमाडौंमा हुँदैछ। तर सुदूरपश्चिम प्रदेशले अझै प्रदेशस्तरीय छनोट प्रतियोगिता आयोजना गर्न सकेको छैन, जसका कारण खेलाडीहरू अन्योलमा परेका छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम खेलकुद परिषद्मा सदस्य–सचिव नियुक्त नभएको र तयारीमा ढिलाइ भएकाले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति समेत तय भएको छैन। यसै सन्दर्भमा कैलाली जिल्लाका उसु, कबड्डी, भलिबल, तेक्वान्दो, एथलेटिक्स र कराँते संघका पदाधिकारीहरूले मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई भेटी तत्काल निर्णय गर्न आग्रह गरेका छन्।

Attariya Hospital

१४ औँ संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने हो भने प्रदेशको प्रतिष्ठामा आँच आउने भन्दै दबाब बढेको छ। खेलकुद पदाधिकारीहरूले अब ढिलो नगरी नौवटै जिल्लाबाट खेलाडीहरू समेट्ने गरी प्रदेशस्तरीय प्रतियोगिता तत्काल गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

nawajiwan

प्रदेश सरकारले भने छिट्टै सूचना निकालेर प्रतियोगिता सञ्चालन गरिने आश्वासन दिएको छ।

# ट्रेण्डिङ