गंगादशहरा मेलाको अवसरमा धनगढीमा २२ गते सार्वजनिक बिदा

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिकाले गंगादशहरा पर्वको अवसरमा जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कार्यपालिका बैठकको निर्णयअनुसार उक्त दिन सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुने उपमहानगरले जनाएको छ।

CP Hospital Dhangadhi

गंगादशहरा पर्वका अवसरमा धनगढीस्थित ऐतिहासिक बेहडाबाबा मन्दिरमा प्रत्येक वर्ष भव्य मेला लाग्ने परम्परा रहेको छ। यस मेलामा नेपालका विभिन्न स्थानहरूबाट मात्र नभई भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरू सहभागी हुने गर्दछन्।

Attariya Hospital

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने बेहडाबाबा क्षेत्रको व्यवस्थापन तथा मेलाको सफल सञ्चालनलाई मध्यनजर गर्दै बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ।

nawajiwan

# ट्रेण्डिङ