पत्रकारको क्षमता वृद्धिका लागि प्रशिक्षण आवश्यक : मन्त्री सार्की

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पत्रकारको क्षमता वृद्धिका लागि तालीम आवश्यक रहेको बताएका छन । आइतबार अनलाइन मल्टिमिडियासम्बन्धि सुदूरपश्चिम स्तरीय दुई दिने प्रशिक्षणको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन ।

CP Hospital Dhangadhi

पत्रकारलाई सरकारले तालीमका लागि आवश्यक सहयोग गर्ने उनले बताए । पत्रकारको क्षमता विकास र आधुनिक समय परिवेश अनुसार तालीम आवश्यक रहेको बताउहुँदै मन्त्री शार्कीले प्रदेश सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बदलिँदो समय परिस्थिति अनुसार पत्रकारले मल्टिमिडियाको माध्यमबाट सञ्चारकर्ममा दक्षता हासिल गर्न मन्त्री सार्कीले शुभकामना व्यक्त गरे । तालीमले पत्रकारिता जिवनमा अगाडि बढ्न र दक्ष बन्न मद्दत पुग्ने अपेक्षा गरिएको मन्त्री सार्कीले बताए ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा शनिबार र आइतबार दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

nawajiwan

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाहले पत्रकारको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताए । महासङ्घले पत्रकारको क्षमता वृद्धि, उच्च मुल्याङ्कनका लागि आगामी दिनमा पत्रकारिता पुरस्कारको पनि व्यवस्था गरिने उनले बताए । बदलिदो परिस्थितिअनुसार मल्टिमिडियाको प्रयोगबाट पत्रकारिता पेसालाई अझै सहज तुल्याएको बताउदैँ अध्यक्ष शाहले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे । तालिममा पत्रकार विकास कार्कीले मल्टिमिडियासम्बन्धि पत्रकारलाई प्रशिक्षण दिएका थिए ।