गोदावरी नगरपालिकाको ग्वासी माविमा लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको ग्वासी माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम सामाजिक विकास मञ्च सुदूरपश्चिम प्रदेश अत्तरियाले आयोजना गरेको हो ।

CP Hospital Dhangadhi

विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई सहभागी गराएर लागूपदार्थ दुव्र्यसनी सम्बन्धी जनचेतनामुलक तालिम सञ्चालन गरिएको छ । कार्यक्रममा लागूऔषध दुव्र्यसन सम्बन्धी प्रशिक्षण ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले गरेका थिए । कार्यक्रममा लागुऔषध बारे जानकारी, यसको नियन्त्रण सम्बन्धी उपाय, लागूऔषधका असरहरू, यसमा बच्न बाट बच्न के गर्ने भनेर जानकारी दिएको थिए ।

nawajiwan
Attariya Hospital

यस्तै लागूपदार्थ दुव्र्यसन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गोदावरी नगरपालिका नगरप्रमुख विरेन्द्र भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

उनले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू संवेदनशील उमेर समूहमा पर्ने भएकाले उनीहरू नकारात्मक व्यक्तिको संगतमा लाग्न सक्ने जोखिम रहेको उल्लेख गरे । यसलाई ध्यानमा राख्दै नगरपालिकाको प्रत्येक वडाको एक–एक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । नगरप्रमुख भट्टले अभिभावकहरूले विद्यालयमा पुगेर आफ्ना बालबालिकाको उपस्थिति, गतिविधि तथा अनुशासनका विषयमा विद्यालय प्रशासनसँग समन्वय गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले सिकेका कुरालाई व्यवहारमा उतार्ने, अरूलाई पनि सन्देश फैलाउने, विभिन्न क्षेत्रमा छलफल गर्ने तथा आफ्नो व्यक्तित्व विकास गरी उज्ज्वल भविष्य निर्माण गर्नेमा विश्वस्त रहेको उनले बताए ।

यस्तै कार्यक्रममा सामाजिक विकास मञ्चका अध्यक्ष यज्ञराज कापडीले कार्यक्रमको लक्ष्यमा रहेका नगरपालिका १५ सामुदायिक माध्यमिक विद्यालयमध्ये हालसम्म १२ विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको बताए । अध्यक्ष कापडीले गोदावरी नगरपालिका सुदूरपश्चिममा लागुऔषध दुव्र्यसनका क्रियाकलापमा पहिलो स्थानमा रहेको उल्लेख गर्दै, यो नगरका लागि दुर्भाग्यपूर्ण विषय भएको बताए । त्यसैले दुव्र्यसन न्यूनीकरणका लागि विद्यालयमै कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले लागूऔषध नियन्त्रणका सन्दर्भमा प्रहरी, वकिल लगायतका विज्ञ व्यक्तित्वहरूमार्फत विद्यालयमा तालिम तथा चेतनामूलक सत्र सञ्चालन गरिँदै आइरहेको र यस्ता कार्यक्रम विद्यार्थी मात्र नभई अभिभावक लक्षित हुने गरी विस्तार गरिने जानकारी पनि दिए । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत १५ देखि १५ वर्ष उमेर समूहका १५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । तथ्यांक अनुसार १५ देखि २५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी दुव्र्यसनमा फस्दै गइरहेका छन् ।  यसैलाई मध्यनजर गर्दै उनीहरूलाई कुलतबाट टाढा राख्न विद्यालयस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष कापडीले बताए ।

साथै कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश ताम्राकारले व्यक्त गरे । अध्यक्ष ताम्राकारले पछिल्लो समय २५ वर्षमुनिका युवा उमेर समूहका धेरैजसो व्यक्ति विभिन्न लत र नकारात्मक क्रियाकलापमा फसिरहेको भन्दै यसले समाजमा गम्भीर चुनौती सिर्जना गरेको बताए ।

अध्यक्ष ताम्राकारले भने “यस्ता खालका कार्यक्रमले लागूपदार्थको दुव्र्यसनका नकारात्मक असरबारे सचेतना फैलाउँदै समुदायमै रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ, ।

उनले लागूऔषधको न्यूनीकरणका लागि सरकार, स्थानीय निकाय, सुरक्षा निकाय र मुख्यतः अभिभावकहरू आ–आफ्नो जिम्मेवारीमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । लागूऔषध प्रयोगजस्ता नकारात्मक गतिविधिहरू समाजमा कलंक सरह भयावह बन्दै गएको भन्दै उनले त्यसको रोकथामका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे । कार्यक्रम गोदावरी नगरपालिका सहकार्यमा विभिन्न माध्यमिक तहका विद्यालयहरुमा आयोजना गरिँदै आइरहेको छ ।

Advertize US