बझाङमा प्रसव फिस्टुला सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बझाङमा प्रसव फिस्टुला सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ । साइनिङ अस्पताल आइ एन एफ सुर्खेत फिस्टुला केन्द्र अस्पतालको आयोजनामा उक्त समीक्षा कार्यक्रम गरिएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा आइ एन एफ सुर्खेतका फिस्टुला कार्यक्रम प्रमुख कान्त प्रसाद सुवेदीले प्रसव फिस्टुला प्रसूति भएका महिलामा देखिने एक स्वास्थ्य समस्या भएकाले यसले शारीरिक मात्र नभई मानसिक तथा सामाजिक रूपमा समेत असर गर्ने गरेको बताउनुभयो । प्रसव फिस्टुलाबाट समस्या भोगेकाहरू दिशा पिसाब निरन्तर बग्ने हुदा समस्या भएका महिलामा शारीरिक मानसिक समस्या हुने बताउदै आइ एन एफ अस्पताल सुर्खेतबाट यस्को निःशुल्क उपचार हुने बताउनुभयो ।

हाल सम्म जिल्लाबाट ५ जनाले यो सेवा लिएको सुवेदीले बताउनुभयो । उनले यस्को उपचार निःशुल्क हुनुका साथै सुर्खेत सम्म पुग्न बिरामी र हेरालुका लागि यातायात तथा खाने बस्ने समेत बेहोर्ने गरेको बताउनुभयो ।

nawajiwan
Attariya Hospital

बझाङ जिल्लाका सबै पालिकामा आमा समूह , एनजिओ ,समुदायका व्यक्ति, स्वास्थ्य कर्मी, डाक्टर नर्सहरुलाइ यस सम्बन्धी अभिमुखीकरण समेत गरी सकिएको छ । प्रसव फिस्टुला हुदा पिसाब वा दिशा नियन्त्रण गर्न नसक्नु र नि रात दिसा पिसाब बगी रहनु, लगाएको कपडा ओछ्यान भिज्नु, दिशा पिसाबमा गन्ध आउनु, एक्लोपन महसुस हुनु लगाएतका लक्षण देखिने गरेका छन् । यो लामो कठिन सुत्केरी बेथा, विभिन्न कारण योनिद्वारमा चोटपटक लाग्नु पिसाब थैलीमा पत्थरी,पाठेभरको मुखको क्यान्सरको सेकाइ, पाठेघरको शल्यक्रिया गर्ने क्रममा समेत यो फिस्टुला हुने गरेको स्वास्थ्य कर्मीहरूले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टले ग्रामीण समुदायमा रहेका यस्ता समस्या भएका महिलाहरूका लागि कार्यक्रम प्रभावकारी रहेको बताएका छन । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख भानुभक्त जोशीले यस्ता समस्या हुनेले सेवा पाउन प्रचार प्रसारमा लबै लाग्न आग्रह गर्दै यस्ता समस्या हुनेहरूले खुलेर समस्या राखि उपचार सेवा ल्याउन आग्रह गरेका छन ।

# ट्रेण्डिङ