सार्वजनिक यातायात बन्द हुदाँ सडक क्षेत्र सुनसान , अटोरिक्सा समेत चल्न दिईएन

Image
oplus_2
Nisarga Hospital

यातायात व्यवसायीहरुले आजदेखी सार्वजनिक यातायात ठप्प पारेका छन । गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका उनिहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन ।

CP Hospital Dhangadhi

कैलालीको धनगढीमा आजदेखी सार्वजनिक यातायातहरु बन्द गरिएको छ । धनगढी , अत्तरियामा टीकापुर लगायत क्षेत्रमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात मात्रै नभई अटोरिक्साहरु समेत बन्द गरेका छन । यात्रु बोकिरहेका सबै यातायातका साधनहरु बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रा।लि।का अत्तरिया शाखा ईन्चार्ज शिवराज भट्टराईले जानकारी दिए ।

oplus_2
nawajiwan
Attariya Hospital

उनले कालो नम्बर प्लेटका सवारी साधनहरु मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरु बन्द भैरहेको बताए । ‘अटोरिक्साहरु पनि कालो नम्बर प्लेटका नै हुन, उनिहरुले राम्ररी नबुझेका हुनाले उनिहरुलाई सम्झाएर हामी अटोरिक्सा पनि बन्द गरिरहेका छौ’ उनले भने ‘त्यसबाहेक अन्य यात्रु बोक्ने सबै सवारी साधनहरु अनिश्चितकालका लागि बन्द छन ।’ उनले निजि सवारी साधनहरुलाई भने आवतजावतमा कुनै रोक नभएको बताए ।

oplus_2

भट्टराईका अनुसार यातायात व्यवसायीहरुको आन्दोलनलाई विभिन्न श्रमिक संघसंगठनहरुले समेत साथ दिएका छन । ‘यो यातायात व्यवसायीहरुको मात्रै आन्दोलन हैन, सबै श्रमिकहरुको हो’ उनले भने ‘त्यसैले यो आन्दोलनमा यातायात व्यवसायी मात्रै नभई सबै पार्टीका श्रमिक संघसंगठनहरुले ऐक्यवद्धता जनाएका छन ।’ उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले सार्वजनिक यातायातहरु देशभरमै बन्द रहेको समेत बताए ।

# ट्रेण्डिङ