कैलालीको अत्तरियामा शिव पार्वती मन्दिरको विकासका लागि साताव्यापी महामोत्सव प्रारम्भ

Image
oplus_0
Nisarga Hospital

 अत्तरियाः कैलालीको गोदावरी नगरपालिका– वडा न .१ अत्तरियास्थित वनदेवी श्री शिव पार्वती मन्दिरको सर्वाङ्गीण विकासका लागि आजदेखि धार्मिक सप्तहा महामोत्सव–२०८२ को भव्य शुभारम्भ गरिएको छ। जेष्ठ १९ गतेदेखि २६ गतेसम्म चल्ने यस साताव्यापी धार्मिक कार्यक्रममा कथावाचन आचार्य पुरुषोत्तम शरण लम्सालले गर्दैछन् भने संकल्पकर्ता ईश्वर शरारम महाराज रहेका छन्।

CP Hospital Dhangadhi

कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले दीप प्रज्वलन गरेर गर्नुभयो। उद्घाटन समारोहमा उपप्रमुख शारदा देवी रोकाया, नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ का सभापति वसन्त रोकाया, वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, एभरेष्ट र समता स्कूलका प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

nawajiwan

नगरप्रमुख बिरेन्द्र भट्टले मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रमले टेवा पुर्‍याउने बताउँदै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

साथै उहाँले भावुक हुँदै स्मरण गर्नुभयो, “२०७२ सालमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस संचालनका लागि महिना दिनसम्म दीप प्रज्वलन गरी जनताबाट सहयोग माग्दा धेरैले साथ दिनुभयो। आज त्यही क्याम्पसमा हाम्रा छोराछोरीहरू घरमै बसेर डिग्रीसम्मको शिक्षा लिइरहेका छन्। अहिले मन्दिर परिसरको विकासका लागि सुरु भएको यो धार्मिक सप्तहा महामोत्सवले मलाई त्यो समयको झल्को दिलायो। सपना देख्न छोड्नु हुँदैन, एक दिन हामी सबैका साझा सपना साकार हुनेछन्।”

उनले आफूले व्यक्तिगत रुपमा महोत्सवलाई १० हजार रुपैया सहयोग गर्ने समेत बताए । ‘यो धार्मिक कार्यक्रममा १० हजार म मेरो व्यक्तिगत तर्फबाट दिनेछु । बजेटको पुर्वसन्ध्यामा छौ, समन्वय गर्नुहोला यो मन्दिरको निर्माण तथा आवश्यक व्यवस्थापनका लागि नगरका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म तयार छु’ उनले भने ।

Attariya Hospital

उपप्रमुख शारदा देवी रोकायाले धार्मिक गतिविधिले समाजमा सद्भाव, एकता र समृद्धिको भावना जागृत गराउने उल्लेख गर्दै युवापुस्ताले समेत संस्कार र संस्कृति प्रति आस्था राख्नुपर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाभित्र रहेका मठमन्दिरको संरक्षण र प्रवर्द्धनका लागि पालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “वडा नं. १ मा पहाड, तराई, चौधरी बस्ती, ओम शान्ति लगायतका गरी ३२ वटा मठमन्दिर रहेका छन्। ती सबै धार्मिकस्थलको संरक्षण, सम्वर्द्धन र सम्मानका लागि हामी सक्रिय रूपमा लागिरहेका छौँ।”

अध्यक्ष भट्टले थपे, “हाम्रा सबै समुदायका आ-आफ्ना धर्म, संस्कार र संस्कृति छन्। ती सबैको सम्मान र संरक्षणमा गोदावरी नगरपालिकाले निरन्तर साथ दिइरहेको छ।”

कांग्रेस सभापति वसन्त रोकायाले हालको पालिकाले समृद्धिको आधार तय गर्दै अघि बढेको उल्लेख गर्दै बाँकी रहेका विकास योजनाहरू पनि चाँडै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो।

गंगा राम विकको सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रले धार्मिक आस्था, सामाजिक समावेशिता र विकासको बहसलाई सँगसँगै अघि बढाउने संकेत दिएको छ। कार्यक्रमले धार्मिक चेतना मात्र नभई स्थानीय विकासको यात्रामा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। धार्मिक महामोत्सव कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।

oplus_0