
कैलालीको गौरीगंगा नगरपालिका–३ स्थित श्री केदारेश्वर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा त्रिशूल चिन्हबाट उम्मेदवारी दिएका हर्कबहादुर नेगी अध्यक्ष पदमा विजयी भएका छन्।

नेगीको नेतृत्वमा रहेको सम्पूर्ण प्यानलले अत्यधिक मतसहित एकतर्फी जित हात पार्न सफल भएको हो। जम्मा ३३३ मतदाता मध्ये २९५ मत खसेका थिए। त्रिशूल चिन्हबाट उम्मेदवार बनेका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू सबै निर्वाचित भएका छन्।

निर्वाचनअघि नेगीले वन संरक्षण, स्रोतको न्यायोचित प्रयोग, पारदर्शिता, समावेशी नेतृत्व र स्थानीय अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जितपश्चात प्रतिक्रिया दिँदै अध्यक्ष नेगीले भने, “यो जित मेरो व्यक्तिगत होइन, सम्पूर्ण उपभोक्ताको जित हो। हामीले पाएको विश्वासलाई कार्यमा परिणत गर्दै सामुदायिक वनको संरक्षण र विकासमा समर्पित हुनेछौं।”
































