पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बनको प्रक्रिया सुरु

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

CP Hospital Dhangadhi

सोडारी कैलाली क्षेत्र नम्बर ४(१) बाट एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

गत वर्ष वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारी साउन १८ गते केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका थिए।

nawajiwan
Attariya Hospital

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै संविधानअनुसार सोडारीको प्रदेशसभा सदस्य पद स्वतः निलम्बन हुने प्रक्रिया सुरु हुनेछ।

सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।