बजेट पहुँच होइन, प्राथमिकताका आधारमा विनियोजन गर : काँग्रेस सुदूरपश्चिमको आग्रह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पहुँचको आधारमा होइन, प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ।

CP Hospital Dhangadhi

सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। काँग्रेसले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सिपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

Attariya Hospital

पार्टीका प्रवक्ता सुरत बहादुर रावत (डोटेली कान्छा) का अनुसार, पहुँच र सिफारिसका आधारमा बजेट बिनियोजन गरिँदा विकास असमान हुने भएकाले अब योजनाहरू स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा निर्धारण गर्नुपर्ने माग गरिएको हो।

nawajiwan

काँग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सिप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ।