धनगढीमा जेठ २४–२५ गते राष्ट्रपति रनिङ शिल्डको प्रदेश स्तरीय छनोट, ९ वटै जिल्लालाई परिपत्र

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता यही जेठ २४ र २५ गते कैलालीको धनगढीमा हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषदले आज सूचना जारी गर्दै डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम र दार्चुला जिल्लालाई प्रतियोगितामा सहभागिताका लागि परिपत्र गरेको छ।

CP Hospital Dhangadhi

परिषदका प्रशासनिक अधिकृत टोप बहादुर बिष्टद्वारा हस्ताक्षरित पत्रअनुसार राष्ट्रियस्तरको १५औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागिताका लागि प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरी खेलाडी छनोट गरिनेछ। राष्ट्रिय प्रतियोगिता जेठ २८–३० गते काठमाडौँमा आयोजना हुने तय भएको छ।

हालसम्म सुदूरपश्चिम खेलकुद परिषदमा सदस्य सचिवलगायतका पदाधिकारीहरूको नियुक्ति हुन नसकेको अवस्थामा पनि प्रतियोगिता सम्पन्न गर्न परिषदले तयारी थालेको छ।

nawajiwan
Attariya Hospital

यसअघि प्रदेश सरकार र परिषदको ढिलासुस्तीप्रति असन्तोष जनाउँदै सुदूरपश्चिम खेलकुद महासंघ र कैलाली जिल्लाका ६ खेल संघका प्रतिनिधिहरूले मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्कासमक्ष ध्यानाकर्षण गराएका थिए।

यद्यपि अहिले खेलकुद परिषदले प्रतियोगिता घोषणा गरेकोप्रति महासंघ र पदाधिकारीहरूले प्रदेश सरकारलाई धन्यवाद दिएका छन्।

Advertize US