संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

Image
Nisarga Hospital

बझाङः आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ ।

CP Hospital Dhangadhi

पालिकाहरूमा आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा स्थानीय विकास योजनाहरू संचालन गर्न विनियोजित गरएिको अनुदान मध्ये सबैभन्दा बढी रकम बुंगल नगरपालिकालाइ ५० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, सबैभन्दा कम १७ करोड ४२ लाख रुपैयाँ साइपाल गाउँपालिकालाई छुट्याइएको छ, ।

Attariya Hospital

यस्तै जयपृथ्वी नगरपालिकालाइ ४२ करोड ५७ लाख,केदारस्युँ गाउँपालिका ४३ करोड ४५ लाख, खप्तडछान्ना गाउँपालिका ३१ करोड ८१ लाख,छविसपाथिभेरा गाउँपालिका ३४ करोड ३४ लाख,तलकोट गाउँपालिका २६ करोड ७ लाख, थलारा गाउँपालिका ३४ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

nawajiwan

यस्तेै दुर्गाथली गाउँपालिका २७ करोड ३९ लाख,मष्टा गाउँपालिका ३२ करोड ७४ लाख,बित्थडचिर गाउँपालिका ३० करोड ४१ लाख र सुर्मा गाउँपालिका २५ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारको बार्षिक बजेट मार्फत प्राप्त यो रकमले जिल्लाको विकास योजनाहरूलाई तिव्रता दिने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ