अछाममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

Image
Nisarga Hospital

अछामको रामारोशन गाउँपालिका–७ सुतारमा विषालु जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आज घर नजिकैको जङ्गलमा खेल्ने क्रममा च्याउ खाएपछि तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी तथा चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी भएका हुन्।

उनीहरूलाई तत्काल न्याय हेल्थ अस्पताल बयलपाटामा भर्ना गरि उपचार थालिएको प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

nawajiwan
Attariya Hospital

हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र थप परीक्षण तथा निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रहरी र स्थानीय स्वास्थ्य संस्थाहरूले जङ्गली च्याउ विषालु हुनसक्ने भएकाले बिनाजानकारी खाँदाखाँदिको जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेका छन्।

Advertize US