
नेपाली कांग्रेसका नेता तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले आफ्नो जन्मदिनको अवसरमा कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको श्री महिला तथा बालबालिका सेभ हाउसलाई **‘कमला दान स्मृति अक्षय कोष’**मार्फत ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

नेता विष्टले भड्किलो रूपमा जन्मदिन मनाउनुको सट्टा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु नै बुद्धिमत्ता हो भन्दै बेसहारा महिलाहरू र अनाथ बालबालिकाको सेवामा क्रियाशील संस्थालाई सहयोग गरेका हुन्।


कार्यक्रममा कांग्रेस डोटीका पूर्व सभापति प्रदीप देउवा, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पुष्कर ओझालगायतको उपस्थिति थियो।
संस्थाकी अध्यक्ष जानकी मलासीले विष्टको सहयोगले ठूलो प्रेरणा दिएको बताइन्। यसअघि विष्टले डोटीको एक विद्यालयलाई समेत शैक्षिक कोषमार्फत ५१ हजार सहयोग गरेका थिए।
उनले शिक्षा, स्वास्थ्य र समाजसेवामा सक्रिय योगदान दिँदै आएका छन्।





























