
बाजुराको त्रिवेणी नगरपालिका महिला विपन्न आयआर्जनका लागि सीप विकास तथा रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको व्यावसायिक तरकारी पकेट विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमअन्तर्गत त्रिवेणी नगरपालिका वडा नं. १, २ र ४ का व्यवसायिक कृषकहरूलाई आवश्यक कृषि सामग्रीहरू वितरण गरिएको हो।

कृषकहरूलाई वितरण गरिएका प्रमुख सामग्रीहरूमा विभिन्न प्रकारका तरकारीका विउ, गार्डेन पाइप, स्प्रिङ्कलर, जैविक मल, २० मि.मि. HDPE पाइप तथा टनेल हाउस समावेश छन्।

सामग्री वितरण कार्यक्रम नगरप्रमुख कर्ण बहादुर थापा, वडा नं. ४ का अध्यक्ष गणेश ब. साउद, वडा नं. २ का अध्यक्ष वीर ब. बिक तथा कृषि विकास शाखाका प्राविधिकहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमले कृषकहरूको उत्पादनमा वृद्धि, सिंचाइको पहुँच विस्तार तथा आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
स्थानीय तहको सक्रियता र कृषकहरूको उत्साहले कृषि क्षेत्रमा नयाँ उचाइमा पु¥याउने अपेक्षा लिइिएको छ।






















