ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् जेठ महिनाको २० गते मंगलबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २० जेठ २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारबाट सहयोग मिल्नेछ। आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। चलचित्र आदिको क्षेत्रमा विशेष सफलता मिल्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनबाट बच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगरौँ। आकस्मिक धनहानिका योग छन्। ठूलो निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय उत्तम रहनेछ। शेयर मार्केट व भवन निर्माण सम्बन्धी कार्यले लाभ दिनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिस्थितिले स्वतन्त्रमा बाधा पुर्याउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा सम्मान बढ्नेछ। व्यापारमा लाभ रहनेछ साथै सरकारी नोकरीमा रोकिएका कार्य बन्नेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यले दिनचर्यामा बदलाव लिएर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्छ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ नत्र पेटसम्बन्धी समस्याले सताउला। आर्थिक पक्षको मजबुतीको लागि कसैबाट सल्लाह मिल्नेछ। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जीवन साथीबाट उपहार मिल्न सक्छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो ह‍ो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। अरुका लागि बुद्धि खर्चनुपर्ला। विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। जीवनसाथीको स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। न्याय विरुद्ध कुनै कार्य नगर्नुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजिन्टेशन वा नयाँ मीटिंगको लागि समय उत्तम रहनेछ साथै उच्च अधिकारीको सहयोग मिल्नेछ। यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।]

हाम्रो पात्रो बाट

Advertize US