दार्चुलाको व्याँस गाउँमा घरमै पुगेर नागरिकता वितरण, ९७ वर्षीया लालुदेवी नागरितकता पाए सँगै खुशी

Image
Nisarga Hospital

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिकामा सदरमुकाम खलङ्गासम्म आउजाउ गर्न नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।

CP Hospital Dhangadhi

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गएको टोलीले व्याँस–३, ४, ५ र ६ का बासिन्दालाई घरदैलोमै सेवा पुर्‍याउँदै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरेको हो।

व्याँस–६ की ९७ वर्षीया लालुदेवी भट्टले घरमै नागरिकता पाएपछि भनिन्, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ।”

nawajiwan
Attariya Hospital

सहायक प्रमुख जिल्ला अधिकारी धामीले स्थानीय जनतालाई पायक पर्ने स्थानमै सेवा पुर्‍याउने उद्देश्यले टोली गाउँमा खटिएको बताए। उनका अनुसार १६१ जनालाई नागरिकता र २०५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। नागरिकता प्राप्त गर्नेमा १३८ जना ज्येष्ठ नागरिक र २ जना अपाङ्गता भएका व्यक्ति छन्। राष्ट्रिय परिचयपत्र वितरणमा १९७ जना ज्येष्ठ नागरिक र ५ जना अपाङ्गता भएका छन्।

गाउँपालिकाको अनुरोधमा गरिएको यो सेवा कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिए।
उनका अनुसार खलङ्गासम्मको यात्रा खर्च मात्रै तीन–चार हजार पर्न सक्ने भएकाले यस्तो अभियानले सेवा प्रवाहमा सहजता ल्याएको छ।

Advertize US