डीडीसीका लागि जग्गा प्राप्तिको माग गर्दै अत्तरियामा संयोजकलाई ज्ञापनपत्र

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)का लागि स्थायी जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन माग गर्दै सम्बन्धित संयोजकलाई ज्ञापनपत्र बुझाइएको छ।

CP Hospital Dhangadhi

डीडीसी संरक्षण संघर्ष समितिले मंगलवार डीडीसी जग्गा व्यवस्थापन समितिका संयोजक तथा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा अत्तरियास्थित धनगढी दुग्ध वितरण आयोजनालाई स्थायी रुपमा जग्गा उपलब्ध गराउन पटक–पटक सम्बन्धित निकायसँग पत्राचार गरिए पनि हालसम्म प्रक्रिया अगाडि नबढेको गुनासो गरिएको छ।

nawajiwan
Attariya Hospital

“गोदावरी नगरपालिकाले प्रस्तावित जग्गामध्ये कुनै एकलाई टुङ्गो लगाई आवश्यक प्रक्रिया सहित फाइल अगाडि बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं,” ज्ञापनपत्रमा उल्लेख छ।

संघर्ष समितिले डीडीसी जस्तो सार्वजनिक संस्थाको निरन्तरताका लागि स्थायी जग्गा व्यवस्था अत्यावश्यक रहेको भन्दै जग्गा व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ।

Advertize US