कैलालीको बेहडाबाबामा भोलिदेखि गंगादशहरा मेला

Image
Nisarga Hospital

कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादशहरा मेला सञ्चालन हुने भएको छ।

CP Hospital Dhangadhi

रामपुरस्थित बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादहरा मेला सुरु हुने भएपछि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडान लगायतको तयारी गरेको छ। गंगादशहरा मेलामा भक्तजनहरुको सहजताका लागि सडक बत्ती जडान गरिएको हो।

धनगढी उपमहानगरपालिका–७, देवहरीयादेखि बेहडाबाबा मन्दिरसम्म सडक बत्ती जडान गरिएको छ। सडकसमेत मर्मत गरिएको छ। कालोपत्र गर्न बाँकी रहेको सडकमा धनगढी उपमहानगरपालिकाले मर्मत गरेको हो।

nawajiwan
Attariya Hospital

धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिरमा पूजाका लागि भारतबाटसमेत भत्तजनहरू आउने गरेका छन्। उनीहरूले उत्पादन गरेको अन्नसमेत बेहडाबाबामा दान गर्दै आएका छन्। परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।

शिव लिंगको उचाइ अहिले करिब सात फिट छ। श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्।