चुरे गाउँपालिकामा न्याय सम्पादनसम्बन्धी अनुभव आदानप्रदान

Image
Nisarga Hospital

कैलालीको चुरे गाउँपालिकामा न्याय सम्पादनका असल अभ्यास र चुनौतीबारे अन्तरक्रिया गरिएको छ। चुरे गाउँपालिकाको न्यायिक समितिले बुधबार आयोजना गरेको अन्तरपालिका स्तरीय कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले अनुभव साटासाट गरेका हुन्।

CP Hospital Dhangadhi

गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापाले न्यायिक कार्य कानुनअनुसार निष्पक्ष रूपमा भइरहेको बताउँदै, कार्यक्रमको उद्देश्य असल अभ्यास प्रवर्द्धन गर्नु र चुनौती पहिचान गरी सुधारको बाटो खुलाउने रहेको बताइन्।

कार्यक्रममा न्याय सम्पादनको अनुभव आदानप्रदानसँगै कमीकमजोरी र सुधार आवश्यक पक्षमा छलफल भयो।

nawajiwan
Attariya Hospital

अन्तरक्रियामा कैलालीका विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजक, चुरे गाउँपालिकाका विषयगत शाखा प्रमुख तथा मेलमिलाप समितिका सदस्यहरू सहभागी थिए।

यस कार्यक्रमले स्थानीय तहबीच आपसी सहकार्य र न्यायिक कार्य सम्पादनमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।