गोदावरीमा निर्माणाधीन आधुनिक आर्यघाटः अब खोलामा पानी नहुदाँ पनि दाहसंस्कार सम्भव

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ मा अत्याधुनिक सुविधासहितको आर्यघाट निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। खोलामा वर्षभर पानीको अभावले शव दाहसंस्कारमा समस्या भएपछि अटोमेटिक फल्सिङ प्रणालीयुक्त आर्यघाट निर्माण थालिएको हो।

CP Hospital Dhangadhi

पुरानै आर्यघाट रहेको स्थानमा ७ वटा शव जलाउने स्थलसहित आधुनिक संरचना निर्माण भइरहेको छ। गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरका अनुसार, यो आर्यघाट अटोमेटिक सिस्टममा आधारित हुने भएकोले फोहोरमैला पनि न्यून रहनेछ। नेपाल सरकारको पर्यटन मन्त्रालयमार्फत जगदम्बा भवानी जेभी लाई २ करोड १० लाख रुपैयाँको लागतमा निर्माण जिम्मा दिइएको छ।

nawajiwan
oplus_0

२०८१ वैशाख ३ गते सम्झौता भएको यो योजनाको म्याद २०८२ असार १५ सम्म तोकिएको छ। हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको र निर्माण व्यवसायीले तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको इन्जिनियर कुँवरले जानकारी दिए।पानी अभाव समाधानका लागि ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको छ भने शव दाहसंस्कार भने परम्परागत दाउराबाटै हुनेछ।

oplus_0

पानी नहुँदा हुने समस्या हटाउन आधुनिक आर्यघाट निर्माण -नगरप्रमुख भट्ट

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले खोलामा वर्षभरि पानी नहुने समस्यालाई ध्यानमा राख्दै आधुनिक आर्यघाट निर्माण थालिएको जानकारी दिएका छन्।

“गोदावरी धार्मिक आस्थाको केन्द्र हो। यहाँ छ वटा पालिकाका नागरिकहरू शवको अन्त्येष्टि गर्न आउँछन्,” नगरप्रमुख भट्टले भने, “मेरो पहिलो प्राथमिकता नै आर्यघाटको व्यवस्थापन थियो।”

Attariya Hospital

उनका अनुसार, पहिलो चरणमा आर्यघाटसम्म पुग्ने बाटो निर्माण गरिएको थियो भने हाल संघीय सरकारसँगको समन्वयमा आधुनिक आर्यघाट निर्माण भइरहेको छ।

भट्टले आर्यघाट निर्माण सम्पन्न भएपछि खोलामा पानी नहुँदा पनि सहज रूपमा दाहसंस्कार गर्न सकिने बताएका छन्।

नगरपालिकाले आर्यघाट सञ्चालनका लागि विशेष कार्यविधि तयार गर्ने योजना बनाएको र परियोजना अन्तर्गत नुहाउनका लागि छुट्टै पानीका धाराहरू पनि निर्माण गरिने जानकारी उनले दिएका छन्।

oplus_0

आर्यघाट निर्माणले सबैलाई लाभ हुने : भट्टराइ

स्थानीय हरि भट्टराइले लामो समयदेखि माग भए पनि आर्यघाट व्यवस्थापन नहुनु दुर्भाग्यपूर्ण रहेको बताए। अहिले ठूलो योजना सुरु हुनु गौरवको विषय भएको उनले बताए।

“छिमेकी पालिकाबाट पनि शव ल्याइन्छ, तर व्यवस्थापनको जिम्मेवारी गोदावरीले मात्र लिएको छ,” उनले भने, “आर्यघाट बनेपछि सबैलाई सुविधा पुग्नेछ।”

उनले नदीमा पानी खोज्ने झन्झट अन्त्य हुने र व्यवस्थापनमा छिमेकी पालिकाले पनि सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए।

oplus_0
Advertize US