कैलालीमा चोरीका ८ मोटरसाइकलसहित ४ जना पक्राउ

Image
Nisarga Hospital

कैलालीका विभिन्न स्थानबाट चोरी गरिएका आठवटा मोटरसाइकलसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका–२, साडेपानीका २२ वर्षीय मदन सार्की, वडा नं. १, लोहारपुरका १४ वर्षीय निराजन शाही, वडा नं. १०, पहलवानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र वडा नं. १, लक्ष्मीपुरका १४ वर्षीय अर्का निराजन शाही रहेका छन्।

nawajiwan
Attariya Hospital

प्रहरीका अनुसार मदन सार्की यसअघि दुई पटक चोरीको मुद्दामा सजाय भोगी छुटिसकेका छन्। त्यस्तै, लोहारपुरका निराजन शाही पनि अघिल्लो पटक चोरीकै अभियोगमा पक्राउ परेका थिए।

जितेन्द्र चौधरीले भने चोरी गरिएका मोटरसाइकलहरू सस्तो मूल्यमा किनेर नाफा लिएर अन्य व्यक्तिलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको र उनीहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Advertize US