
अत्तरिया : डिभिजन वन कार्यालय कैलालीले विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा कार्यालय हाता भित्र वृक्षारोपण गरेको छ ।

कार्यालयको हाता भित्र विभिन्न प्रजातिका बोटबिरुवा रोपेको जिल्ला वन कार्यालय कैलालीका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत समीर थापाले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख कृष्णदत्त भट्टले वातावरण क्षेत्रमा काम गर्ने कर्मचारीको अहम भूमिका रहेको बताए । उनले रुख रोपेर हरियाली वातावरण निर्माण गर्नु सबैको कर्तव्य भएको बताउँदै प्लास्टिक जन्य वस्तुको कम प्रयोग गरि वातावरण प्रदुषण हुनबाट बचाउन जरुरी रहेको बताए । अहिलेको अवस्थामा प्लास्टिकलाई न्युनीकरण गर्न जरुरी नै रहेको उनको भनाइ छ ।





















