अत्तरियामा भेटिएका दुई बालबालिका हजुरआमाको जिम्मा

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा दुई वर्षअघि अलपत्र अवस्थामा भेटिएका बझाङ छबिस पाथीभरा गाउँपालिका–१ का ८ वर्षीय दिपु गिरी र ९ वर्षीया आइसा गिरीलाई हजुरआमाको जिम्मा लगाइएको छ। उनीहरू २०७९ चैत ४ गते अत्तरिया बसपार्क नजिकै फेला परेका थिए। आमा सँगै आएका तर छुट्टिएपछि उनीहरू अलपत्र परेका थिए।

CP Hospital Dhangadhi

महिला तथा बालबालिका सेभ हाउस अत्तरियामा दुई वर्षसम्म आश्रयमा बसेपछि बिहीबार मामा घरकी हजुरआमा पारु गिरीलाई जिम्मा लगाइएको हो। सेभ हाउसकी अध्यक्ष जानकी मलासीका अनुसार आमाको सम्पर्क नभएको र जन्मदर्ता पनि नभएकाले प्रक्रिया जटिल भएको थियो।

Attariya Hospital

हजुरआमा गिरीका अनुसार उनकी छोरी सीता गिरीले पहिला एक विवाह गरेकी थिइन् र पछि अर्का पुरुषसँग भागेकी थिइन्। हाल बालबालिका दुर्गालक्ष्मी नमुना माविमा अध्ययनरत छन्। जिम्मा दिने प्रक्रिया प्रहरीको रोहबरमा सम्पन्न भएको थियो।

nawajiwan

# ट्रेण्डिङ