ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् जेठ महिनाको २३ गते शुक्रबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २३ जेठ २०८२ शुक्रवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलादेखि गरिएको कार्यलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यमा प्रश्न चिन्ह उठाउनेछन्। राम्रो सफलताको लागि समय अनुकूल चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। घरेलु काममा हात हतियारको प्रयोग सावधानीपूर्बक गर्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूले लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्यमा खानपिनको विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विवादास्पद मामलाहरू सुल्झिन सक्छन्। घरपरिवारमा सोचेजस्तो साथ र सहयोग नमिल्ला। नोकरीमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूले लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण कार्यमा सफलता हात लाग्नेछ। मेहनतको उचित मूल्यांकन मिल्नेछ। हिम्मतले कठिन काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। अध्ययन अध्यापनमा मन लाग्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा रमाइलो समय बित्नेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थितिलाई आफ्नो अनुकुल बनाउने प्रयास गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक दायित्व निर्वहन गर्नुपर्ला। धार्मिक आस्थामा रुचि बढ्नेछ। युवावर्गहरूलाई करियरलाई लिएर शुभचिन्तकहरुको साथ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफुभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

हाम्रो पात्रो बाट

Advertize US