चीन–अमेरिका सम्बन्ध सुधारका लागि सी चिनफिङको ट्रम्पलाई आग्रह

Image
Nisarga Hospital

चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको बिग्रँदो सम्बन्ध सुधार्न दुवै पक्षले प्रयास गर्नुपर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तामा उनले चीन–अमेरिका सम्बन्धको “विशाल जहाज”लाई सही दिशातर्फ मोड्न आवश्यक रहेको बताएका हुन्।

CP Hospital Dhangadhi

हाल व्यापार, भिसा नीति र ताइवानका विषयमा वासिङ्टन–बेइजिङबीच तनाव बढ्दो छ। यस्तो अवस्थामा ट्रम्पको आग्रहमा भएको वार्तामा राष्ट्रपति सीले अमेरिकी पक्षले चीनविरुद्धको नकारात्मक पहल फिर्ता लिनुपर्ने र प्रगतिप्रति यथार्थ दृष्टिकोण राख्नुपर्ने बताए।

Attariya Hospital

जेनेभामा भएको व्यापार वार्ता सहकार्यको सही बाटो भएको उल्लेख गर्दै सीले चीनले सम्झौताको पालना गरिरहेको स्पष्ट पारे। साथै, उनले ताइवानको विषयमा अमेरिकालाई सावधानी अपनाउन चेतावनी दिएका छन्।

nawajiwan

सीले “ताइवान स्वतन्त्रता” पक्षधरहरू चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वतर्फ धकेल्न खोजेको भन्दै अमेरिकी भूमिकामा संयमता आवश्यक रहेको बताए। यो टिप्पणी अमेरिकी रक्षामन्त्रीले ताइवानमाथि चीन आक्रमणको पूर्वाभ्यास गरिरहेको बताएका केही दिनपछि आएको हो।

# ट्रेण्डिङ