अमेरिकाबाट टीपीएस खारेज, ७ हजार नेपालीलाई फर्कनुपर्ने

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा ५ अगस्ट २०२५ बाट खारेज गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले नेपालमा टीपीएसका लागि आवश्यक कानुनी अवस्था नरहेको ठहर गर्दै यो निर्णय लिएको हो।

CP Hospital Dhangadhi

यससँगै टीपीएसमा रहेका करिब ७ हजार नेपालीलाई वैकल्पिक कानुनी आधार नभए स्वदेश फर्किनुपर्ने भएको छ। सन् २०१५ मा नेपालमा आएको भूकम्पपछि अमेरिकाले अस्थायी राहतस्वरूप नेपालीलाई टीपीएस सुविधा दिएको थियो, जसअन्तर्गत उनीहरूलाई काम गर्ने, बस्ने र सीमित यात्राको अनुमति थियो।

अहिले अमेरिकामा रहेका टीपीएसधारी नेपालीले स्वदेश फर्कन सीबीपी मोबाइल एप प्रयोग गर्नुपर्नेछ। यसअघि पनि ट्रम्प प्रशासनले टीपीएस खारेज गर्ने प्रयास गरेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

टीपीएस स्थायी बसोबास होइन; यो विशेष परिस्थितिमा अस्थायी सुरक्षा दिने सुविधा मात्र हो। अमेरिकी सरकारको निर्णयसँगै नेपाल फर्कन तयारी गर्न विज्ञहरूले आग्रह गरेका छन्।

Dhnagadhi & Krishanapur