अत्तरियाको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा बुक फ्री फ्राइडे : सुन्दर शुक्रबार कार्यक्रमको सुरुवात

Image
Nisarga Hospital

अत्तरिया : गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा ‘सुन्दर शुक्रबारू विशेष कार्यक्रम’ को शुभारंभ गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विधिवत् रुपमा आज शुक्रबार देखि विद्यालयमा ‘बुक फ्री फ्राइडे–सुन्दर शुक्रबार’ नामक विशेष कार्यक्रमको शुभारम्भ गरिएको हो ।

CP Hospital Dhangadhi

शुभारम्भको पहिलो दिन योगा गरिएको साथै प्रत्येक शुक्रबार बुक फ्री डे सुन्दर शुक्रबार नामक कविता लेखन, बक्तित्व कला, योगा, ध्यान, खेलकुद लगायत विभिन्न शिपमुलक कार्यक्रमहरु विद्यार्थीहरुलाई सहभागी गराएर सञ्चालन गरिने विद्यालयका प्रशासन प्रमुख रतनबहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार किताबी पठन बाहेक अतिरिक्त क्रियाकलाप तथा व्यवसायिक ज्ञानसँग सम्बन्धित गतिविधिहरू सञ्चालन गरिने साथै कार्यक्रममा विद्यार्थीहरूलाई सिर्जनात्मक, व्यवहारिक र जीवनोपयोगी सीपमा अभिवृद्धि गराउने उद्देश्य राखिएको प्रशासन प्रमुख कार्कीले बताए । उनले किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पु-याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए ।

nawajiwan
Attariya Hospital

प्रशासन प्रमुख रतनबहादुर कार्कीले ‘बुक फ्री फ्राइडे–सुन्दर शुक्रबार’ कार्यक्रमले विद्यार्थीहरूको वैदिक क्षमता, शारीरिक स्वास्थ्य तथा अध्ययन क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कार्यक्रम प्रत्येक हप्ताको शुक्रवार ६ बजे देखि सञ्चालन हुने जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लक्ष्मी कुमारी बोहरा अध्यक्षतामा शुक्रबार देखि सञ्चालन गरिएको सुन्दर शुक्रबार कार्यक्रमको संयोजकत्वमा विद्यालयकी शिक्षिका द्रोपती चन्द रहेकी थिइन ।