
अछामको कमलबजार नगरपालिका–५ कुईका बस्ने ५५ वर्षीय मानबहादुर चलाउने भिरबाट लडेर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार थुलातगार जंगलमा बाख्रा चराएर घर फर्किने क्रममा उनले सन्तुलन गुमाउँदै भिरबाट लडेको जनाइएको छ।
लडाइँका कारण उनको टाउको, निधार र आँखामा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचारका लागि उनलाई जिल्ला अस्पताल मंगलसैन लगिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


हाल घाइते चलाउनेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ। प्रहरी र स्थानीयवासीको सहकार्यमा उनलाई उद्धार गरिएको थियो।
यस्ता घटनाबाट बच्न पहाडी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।




















