समयमै योजना सम्पन्न गर्न उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री भण्डारीको निर्देशन

Image
Nisarga Hospital

बैतडी : नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिएका छन ।

CP Hospital Dhangadhi

शुक्रबार बैतडीको पाटनमा जिल्लास्थित कार्यालय प्रमुखहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राज्यबाट विनियोजन भएका योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै योजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका हुन। आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने प्रवृति दोहोर्‍याउने काम भइरहेको भन्दै योजना कार्यान्वयन समयमा नै गर्नुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जिल्लाका कार्यालयहरुको समष्टिगत खर्च ५० प्रतिशतमात्रै रहेको बताउँदै भण्डारीले कार्यान्वयन पक्ष फितलो भएको बताए । ‘आर्थिक वर्षको पहिलो महिना साउनमै बजेट आइपुग्छ, कार्यान्वयन आठ नौ महिना किन लाग्छ, आर्थिक वर्षको सुरुवातमै बजेट कार्यान्वयन गर्न के कुराले छेक्छ ?’ मन्त्री भण्डारीले कार्यालय प्रमुखसँग प्रश्न गरे ।

Attariya Hospital

जिल्लाका कार्यालयहरुले सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए । विकासे कार्यालयहरुमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षा अनुसार काम हुन नसकेको समेत औँल्याउँदै धेरैजसो विकासे कार्यालयमा विगतको दायित्व परिपूर्ती गर्ने कामले समस्या तिम्तिएको उनले बताए । पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रियाअघि बढाउनुपर्ने मन्त्री भण्डारीले सुझाव दिए । यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्ने योजनाको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

nawajiwan

मन्त्री भण्डारीले मनसूनजन्य विपदका घटना नियन्त्रणको लागि पूर्व तयारी गर्न निर्देशन दिँदै विगतका वर्षभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले सम्भावित जोखिम नियन्त्रणको लागि तयारीमा लाग्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी गराए ।

Advertize US