
बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोट भएर भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो।

आगलागीबाट हालसम्म १६–१७ वटा पसल जलेर पूर्ण रूपमा नष्ट भइसकेका छन्। दिउँसो ३:५५ बजे सुरु भएको आगो घटनाको २ घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।


प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमान्डमा ३२ जना प्रहरी आगो नियन्त्रणमा खटिएका छन्।बजार क्षेत्रमा ठूलो आर्थिक क्षति भएको जनाइएको छ भने अहिलेसम्म मानवीय क्षति नभएको पुष्टि भएको छ।
स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ।





















