सार्वजनिक शिक्षामा उत्कृष्ट योगदान दिएको भन्दै कृष्णपुर नगरपालिका सम्मानित

Image
Nisarga Hospital

2nd National Summit 2025 — सार्वजनिक शिक्षामा उल्लेखनीय सुधार र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा अग्रसर रहँदै आएको कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई सामुदायिक विद्यालय प्रधानाध्यापक संघ (PAN) द्वारा विशेष सम्मान प्रदान गरिएको छ।

CP Hospital Dhangadhi

पोखरामा आयोजित दोस्रो राष्ट्रिय सम्मेलन २०२५ को अवसरमा आयोजित समारोहमा शिक्षा मन्त्री रघुजी पन्त र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाद्वारा नगर प्रमुख हेमराज ओझा र उप–नगर प्रमुख द्रोपती रानालाई सम्मानपत्र हस्तान्तरण गरिएको हो।

शिक्षा मन्त्री पन्तले कृष्णपुर नगरपालिकाले सार्वजनिक विद्यालयहरूमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र व्यवस्थापन सुधार गर्दै अभिभावकहरूको विश्वास जित्न सफल भएको उल्लेख गर्दै यो प्रयास देशका अन्य पालिकाहरूका लागि प्रेरणादायक भएको बताए।

nawajiwan
Attariya Hospital

सम्मान ग्रहण गर्दै नगर प्रमुख ओझाले समर्पित शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सबै सरोकारवालाको योगदानप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा अझ प्रभावकारी रूपमा शिक्षाको स्तर उकास्न कटिबद्ध रहेको बताए।

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये कृष्णपुर एकमात्र यस्तो नगरपालिका हो, जसले यस वर्ष सार्वजनिक शिक्षामा योगदानका लागि राष्ट्रियस्तरको सम्मान प्राप्त गरेको छ।

उनले नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समिति, कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी शिक्षा प्रणाली निर्माणमा जुटिरहने प्रतिबद्धता जनाए। सम्मानपछि कृष्णपुरको शिक्षामा लगानी र ध्यान केन्द्रित गर्ने अपेक्षा अझ सशक्त बनेको बताइएको छ।