बाजुराको बाम्का बजारमा आगलागी, मन्त्री पाण्डेद्वारा निरीक्षण

Image
Nisarga Hospital

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीले बजार क्षेत्र पूर्णरूपमा तहसनहस बनाएको छ। खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भई सुरु भएको आगोले ४० वटा घर र पसल जलेर नष्ट हुँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ।

CP Hospital Dhangadhi

आगलागीपछिको अवस्थाको स्थलगत निरीक्षण गर्न नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शनिबार बिहान बाम्का बजार पुगेका छन्। काठमाण्डौंबाट सिधा घटनास्थल पुगेका मन्त्री पाण्डेले जलेका घर, पसलहरूको अवस्था अवलोकन गर्दै पीडितहरूसँग भेटघाट गरेका हुन्।

Attariya Hospital

स्थानीय तहका जनप्रतिनिधि, पीडित व्यवसायी र सुरक्षाकर्मीहरूसँग उनले क्षतिको विवरण लिएका छन्। बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाका अनुसार आगलागीबाट बजारमा रहेका ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् र करोडौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

nawajiwan

बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि भएकाले घटनापछि संघीय सरकारको ध्यान विशेष रूपमा आकृष्ट भएको छ।