
राहदानी प्राप्त गर्नु नागरिकको अधिकार हो यसमा कुनै प्रकारको अवरोध हुनु नहुने परराष्ट्रमन्त्री डा. आरजु राणा देउबाले बताए । राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेसस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री देउवाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई दुःख भएको बताउँदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताए ।

उले भनिन्,“पहिला राहदानी बनाउन धेरै गाह्रो थियो। अहिले भने अनलाइनबाटै ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ, प्रविधिको प्रयोग गरेर यो प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सोचिरहेका छौ।” मन्त्री राणाले राहदानी वितरण प्रक्रियामा अझै पनि केही समस्या रहेकोे स्वीकार गर्दे एक जिल्लाबाट बनाएको राहदानी अर्को जिल्लामा पठाउने, पुनः त्यहाँबाट ल्याउन जानुपर्ने जस्ता समस्या रहेका छन् सुधारको प्रयास जारी रहेका उनको भनाई छ ।

उनले भनिन् “ राहदानी वितरण प्रक्रियामा दखिएका समस्या समाधान गर्न आवश्यक नीति तथा प्रविधिक व्यवस्था गर्न छलफल भइरहेको छ। तपाईंहरूले गर्ने प्रविधिक कामले नै सुधार ल्याउनेछ भन्ने विश्वास छ,” बिगतको जस्तो रहदानी बनाउन नागरीकले अब धेरै समस्या खेप्नु नपर्ने समेत मन्त्री राणाको दाबी छ । लगानी तथा विकास सम्मेलनमा सहभागी हुन सोमबार धनगढी पुगेकी परराष्ट्रमन्त्री राणा शनिबार काठमाडौँ फर्किएकी हुन् ।





















