धनगढीको निसर्ग हस्पिटलमा पहिलोपटक ओठ र तालु फाटेका बालबालिकाका लागि निःशुल्क शल्यक्रिया सेवा सुरु

Image
oplus_2
Nisarga Hospital

अत्तरियाः धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ओठ तथा तालु फाटेका बालबालिकाहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। सन् २०८२ जेठ २० गतेदेखि Smile Train को सहकार्यमा सुरु भएको यो सेवा जन्मजात रुपमा ओठ र तालु फाटेका बालबालिकाहरूको उपचारका लागि उपलब्ध गराइएको हो।

CP Hospital Dhangadhi

oplus_2
nawajiwan

ओठ तथा तालु फाट्ने समस्या करिब प्रत्येक ५०० जनामा एक जनामा देखिने सामान्य जन्मजात अवस्था हो, जसको सफल उपचार शल्यक्रियामार्फत सम्भव हुन्छ। विगतमा उपचारका लागि राजधानी पुग्नुपर्ने बाध्यता रहेकोमा अब धनगढीमै गुणस्तरीय सेवा पाइने भएको छ, जसबाट सुदूरपश्चिमका जनताहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

oplus_0
Attariya Hospital

Smile Train एक अमेरिकी गैरनाफामूलक संस्था हो, जसले ७० भन्दा बढी देशमा Comprehensive Cleft Care प्रदान गर्दै आएको छ। यो सेवा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक विस्तार गरिएको हो। सेवा प्रारम्भ हुनुअघि Smile Train South Asia Division को प्राविधिक टोलीले निसर्ग हस्पिटलको अपरेशन थियेटर, ICU, PICU र सम्पूर्ण स्वास्थ्य टिमको निरीक्षण गरी अनुमोदन प्रदान गरेको हो।

oplus_2

शल्यक्रिया सेवा डा. दीपक ठकुराठी (Cleft Surgeon) र डा. हेमन्त ओझा तथा डा. सुनिल भट्ट (Cleft Anesthesia) को नेतृत्वमा सम्पन्न हुनेछ। साथै, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र डा. दीपक पौडेलको टिम, डेन्टल, स्पिच थेरापी, पोषण, मानसिक स्वास्थ्य, नर्सिङ र सामाजिक सञ्जाल विशेषज्ञहरूको योगदानले यो सेवा अझ सशक्त बनेको छ।

एकजना बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण शल्यक्रिया, परीक्षण, औषधी, भर्ना तथा आवतजावत खर्च समेत निःशुल्क रहेको छ। निसर्ग हस्पिटलको यो प्रयासले सुदूरपश्चिमका बालबालिकाको भविष्यमा आशा र मुस्कान थप्ने विश्वास गरिएको छ।

Advertize US