पिएफए छैठौँ संस्करणको भेट्रान कप-२०८२ क्रिकेट प्रतियोगिता ट्रफी सार्वजनिक

Image
oplus_2
Nisarga Hospital

अत्तरिया, कैलाली | गोदावरी नगरपालिकास्थित पिएफए स्पोर्ट्स क्लबको आयोजनामा आगामी जेठ २५ गतेदेखि सुरु हुने पिएफए छैठौँ संस्करणको भेट्रान कप–२०८२ क्रिकेट प्रतियोगिताको ट्रफी शनिबार सार्वजनिक गरिएको छ।

CP Hospital Dhangadhi

पत्रकार सम्मेलनमार्फत आयोजक क्लबले ट्रफी सार्वजनिक गर्दै प्रतियोगिता असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा कुल ६ वटा भेट्रान टिमहरू सहभागी हुनेछन्।

खेलहरू गोदावरी नगरपालिका–२ मा रहेको एपीएफ खेलमैदान, बनखेतमा हुने आयोजकले जनाएको छ।

nawajiwan
oplus_0

प्रतियोगिताका प्रमुख साझेदारहरू

प्रतियोगिताको मुख्य प्रवर्द्धक गोदावरी नगरपालिका रहेको छ भने मुख्य प्रायोजकको रूपमा करियर स्टेशन कन्सल्टेन्सी (नयाँ बानेश्वर) सहभागी भएको छ।
सह–प्रायोजकमा एभरेष्ट एकेडेमी (अत्तरिया, कैलाली) रहेको छ।

त्यस्तै, अन्य प्रायोजक संस्थाहरूमा:

Attariya Hospital
  • माया मेट्रो हस्पिटल प्रा.लि.

  • बिग बुल फिट्नेस

  • मालिकार्जुन हार्डवेयर प्रा.लि.

  • लक्ष्मी कथ्था उद्योग

  • नेपाल लाइफ इन्स्योरेन्स

  • निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर (धनगढी)

  • पद्मा हस्पिटल

  • जय भवानी कन्स्ट्रक्सन प्रा.लि.

  • आराम फिजियोथेरापी

प्रतियोगिता अवधिभर CYC अत्तरिया स्कूल अफ क्रिकेटले विशेष सहयोग गर्नेछ।

पुरस्कार तथा विशेष अवार्डहरू

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिनेछ।

  • म्यान अफ द सिरिजको उपाधि बिग बुल फिट्नेसले प्रायोजन गर्नेछ।

  • बेष्ट बलरको उपाधि दिपक कुँवरले प्रायोजन गर्नेछ।

  • म्यान अफ द म्याचको घोषणा खेल प्रदर्शनको आधारमा हुनेछ, जसमा मालिकार्जुन हार्डवेयर प्रा.लि. प्रायोजक रहनेछ।

पिएफए स्पोर्ट्स क्लबले भेट्रान खेलाडीहरूलाई सम्मान गर्दै आएको र भविष्यमा पनि यस्तो प्रकारका प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।