अमेरिकामा दुई बालबालिकासहित ४ नेपाली मृत फेला, गोली प्रहार भएको आशंका

Image
Nisarga Hospital

अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा दुई बालबालिकासहित चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूको मृत्यु गोली लागेर भएको हुन सक्ने आशंका गरिएको छ।

CP Hospital Dhangadhi

मृतकमा:

३८ वर्षीय सन्तोष परियार,

nawajiwan

३६ वर्षीया अञ्जु श्रेष्ठ,

एक २ वर्षीय बालक र

Attariya Hospital

एक ८ वर्षीया बालिका रहेका छन्।
तर उनीहरू एकै परिवारका हुन् या होइनन् भन्नेबारेमा औपचारिक पुष्टि भइसकेको छैन।

बन्दुकसहित फेला, हत्या वा आत्महत्या?
म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षा अनुगमनका लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर घरको तल्लो तलामा प्रवेश गर्दा चारै जनालाई मृत अवस्थामा फेला पारेका थिए।

प्रहरीका अनुसार, घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ। प्रारम्भिक रिपोर्टअनुसार यो घटना गोली प्रहारबाट भएको हुनसक्ने आशंका गरिएको छ। तर, यो हत्या हो वा आत्महत्या भन्नेबारेमा अहिलेसम्म स्पष्ट भइसकेको छैन।

शव परीक्षणका लागि पठाइयो
सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनर कार्यालयमा परीक्षणका लागि पठाइएको छ। विस्तृत पोस्टमार्टम रिपोर्टपछि मात्र घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

यस घटनाले अमेरिकास्थित नेपाली समुदायमा स्तब्धता फैलिएको छ। प्रहरी अनुसन्धान जारी छ।